मनास्लुमा हिमपहिरो, पाँचजना नेपाली बेपत्ता

१० आश्विन २०७९, सोमबार


काठमाडौँ । मनास्लु हिमालमा हिमपहिरो गएको छ । सो पहिरोमा परी हिमाल आरोहणका लागि गएका ५ जना नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ११ बजेतिर सो हिमालमा हिमपहिरो खसेको खसेको हो । हिमपहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पठाइएको छ ।
हिमपहिरोमा पुरिएर बेपत्ता हुनेहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा रहेको प्रहरीले जनाएको छ । ती सबै विदेशी आरोहण दलको सहयोगीका रुपमा आधार शिविर पुगेका थिए ।
सो हिमाल आरोहण गर्न गएका अन्य विदेशी र केही नेपाली सहयोगीहरु भने मनास्लु आधार शिविरमै रहेको जनाइएको छ । उनीहरुको उद्धारका लागि सिम्रिक एयर र एभरेस्ट एयरका हेलिकप्टर त्यहाँ पुगेका छन् ।
तर मौसममा आएको खराबीका कारण उद्धार कार्य र बेपत्ताहरुको खोजीमा कठिनाइ भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment