इलामको माई नगरपालिकाबाट १४ र १३ वर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने २ जना पक्राउ


इलाम, २५ भदौँः जिल्ला प्रहरी कार्यालय इलामले २ जना नाबालिकाहरुलाई जवरजस्ति करणी गरेको  अभियुक्तहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  इलाम माई नगरपालिका १ बस्ने  २० वर्षका बिकास लिम्बु र सोही स्थान बस्ने १९ वर्षका मौसम भन्ने राजन लिम्बुलाई पक्राउ गरेको हो  ।

उनीहरु दुवैले १४ बर्षिय र १३ बर्षिय नावालिकाहरुलाई जवरजस्ति करणी गरेको भनी विहीबाट उजुरी गरिएको थियो । पिडित वालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको पनि जनाईएको छ ।  

करणीको आरोपी दुवैजानालाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले  विहीबार पक्राउ गरेको हो । पक्राउ परेका दुबैलाई  जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक तेजबहादुर दाहालले जानकारी गराए ।  



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment