बेलायतमा महारानी युगको अन्त्य, राज्याभिषेकपछि चाल्र्स–३ बने बेलायतका नयाँ राजा

२५ भाद्र २०७९, शनिबार


एजेन्सी । सेन्ट जेम्स दरबारमा शनिबार (आज) आयोजित एक ऐतिहासिक समारोहमा चाल्र्स तृतीयलाई औपचारिक रूपमा बेलायतको राजा घोषणा गरिएको छ । आज सेन्ट जेम्स दरबारमा नयाँ महाराजाको राज्याभिषेक भएको हो ।
महारानी एलिजाबेथ द्वितीयका जेठा छोरा ७३ वर्षीय चाल्र्स आफ्नी आमाको मृत्युपछि स्वाभाविक रुपमै सम्राट बनेका छन् । परम्परागत रूपमा महारानीको मृत्यु भएको २४ घण्टाभित्र राज्याभिषेक परिषद्को बैठक बोलाउने गरिन्छ । तर, तर महारानीको मृत्युको घोषणामा ढिलाइ भएपछि शुक्रबार हुने समारोहका लागि पर्याप्त समय थिएन ।
नव महाराजाको राज्याभिषेकसँगै स्वर्गीय महारानीको निधनपछि शोकमा झुकेका झण्डाहरू पूर्ण रूपमा फहराइन्छ । यो पहिलो पटक टेलिभिजनमा कार्यक्रम प्रसारण भएको थियो । राज्याभिषेक परिषदमा वरिष्ठ क्याबिनेट मन्त्रीहरू, न्यायाधीशहरू र चर्च अफ इङ्गल्याण्डका मानिसहरू सामेल हुने चलन छ ।
यस समारोहमा चाल्र्सकी पत्नी क्यामिलाले पनि भाग लिएकी थिइन् । त्यस्तै महाराजका छोरा विलियम पनि यसमा सामेल थिए । जसले अहिले प्रिन्स अफ वेल्सको उपाधि पाएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment