उच्च अदालत बार एसोसिएसन इलाम अध्यक्षमा पौडेल निर्वाचित


इलाम, १ असाेजः  उच्च अदालत बार एसोसिएसन इलाम अध्यक्षमा उत्तम पौडेल निर्वाचित भएका छन् । अध्यक्ष पदमा २४ मतले कृष्ण श्रेष्ठलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । निवाचित पौडेलले ३४ मत पाए भने प्रतिष्पर्दी श्रेष्ठले १० मत पाएका थिए । 
उपाध्यक्षमा विद्या सापकोटाले ३२ प्राप्त गर्दै विजयी भइन् । प्रतिष्पर्दी भिम रिजालले १२ मत ल्याएका थिए । सचिवमा लोकबहादुर तामाङ, कोषाध्यक्षमा प्रदिप अधिकारी निर्वाचित भएका छन् । सदस्यहरुमा जसबहादुर लुंगेली, सुधिर बोहोरा, अशेष मगर, तीर्थराज खतिवडा र जीवन कोइरालाले समेत निर्वाचित भएका छन् । 
केन्द्रिय पार्षदमा हिरन्य प्रसाद अधिकारी ४० मत, मणीराम निरौला ३३ मत र भाष्कर पोखरेलले ३२ मत सहित विजयी भएका छन् । तारानिधी घिमिरेले ११ मत मात्र नवनिर्वाचित कोषाध्यक्ष अधिकारीले जानकारी दिए । 
अध्यक्ष सहित उपाध्यक्ष र केन्द्रीय पार्सद गरि तीन पदमा मात्र चुनाव भएको थियो । अन्य पदमा सर्वसहमत नेतृत्व चयन भएको हो ।  
यस पटकको नेतृत्व चयनका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) र डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले गठबन्धन गरेका थिए । श्रेष्ठ भने गणतान्त्रिक प्रगतीशिल कानुन व्यवसायी एसोसिएसन आरपिएलएबाट अध्यक्षमा मनोनयन दर्ता गराएका थिए । 
आगामी २ बर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । बार एसोसिएसनको निर्वाचनमा ६३ जना मतदाता रहेको बताइएको छ । एसोसिएसनमा ९ जनाको कार्य समिति र ३ जना पार्षद चुनिने ब्यवस्था छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment