इलामको सूर्योदय नगरपालिकामा शल्यक्रिया सहितको तीन दिने आँखा शिविर शुरु

१ असोज, २०७९


इलामको सूर्योदय नगरपालिकामा शल्यक्रिया सहितको तीन दिने आँखा शिविर शुरु भएको छ । नेत्रज्योती संघ जिल्ला शाखा इलामकाे अायाेजना, सूर्याेदय नगरपालिकाकाे सहयाेग र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया सहितको आँखा शिविर शुरु भएको हो ।
भाद्र ३ गते देखि १६ गते सम्म सूर्योदयका सम्पूर्ण वडामा मोतिया बिन्दुको छनौट तथा आँखा उपचार सेवा सहितको शिविर सञ्चालन भएको थियो ।वडा स्तरको शिविरमा जम्मा १ हजार ४ सय ४५ जनाले सेवा लिएकोमा जम्मा १ सय ७२ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो । ३५ जनामा शल्यक्रिया गर्नु पर्ने प्रकृतिको विभिन्न समस्या देखिएकोले जम्मा २ सय ७ जनालाई शल्यक्रियाको लागि फिक्कल शल्यक्रिया शिविरमा सहभागी गराईको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले जानकारी दिनु भयो ।
शिविरको पहिलो दिन ५६ जनाको शल्यक्रिया गरिएकोमा मोतियाविन्दु भएका ४७ जना र अन्य माईनर सर्जरी ८ जनाको गरियो भने ७३ जना महिला सहित जम्मा १ सय ३५ जनालाई निःशुल्क आँखा जाँच (ओ.पि.डी) सेवा उपलब्ध गराईएको छ ।
शिविरमा चस्मा तथा औषधी वितरण समेत गरिएको छ ।शल्यक्रिया सेवाको लागि बिराटनगर आँखा अस्पतालका सिनियर सर्जन डाक्टर प्रज्ञा लुईटेलको टिमले सेवा दिईरहेकोछ । शिविरको औपचारिक उद्घाटन कार्यक्रम नेत्रज्योतीसँघ इलामका सभापती इन्द्र फुयालको अध्यक्षता र नगर प्रमुख रण बहादुर राईको प्रमुख आतित्यथामा शुरु भएको थियो । शिविरको उद्घाटनमा  नगरपालिकाका सामाजिक विकास समिति सयोजक डिक बहादुर बम्जन, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराइ, नेत्र ज्योती संघका पदाधिकारी, नगर स्वास्थ्य क्षेत्रका प्रमुख सहभागी बन्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment