अछाममा पहिरो जाँदा ८ को मृत्यु, २० बढी घाइते

१ आश्विन २०७९, शनिबार

अछाम । अछाममा पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ भने २० जान घाइते भएका छन् ।
जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा ठूलो मात्रा मानवीय क्षति भएको हो । 
जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ४ जनाको मृत्यु भएको हो ।
त्यस्तै ढकारी गाँउपालीकामा १ घर पुरिँदा २ जनको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तैगरी तुर्माखाद गाउँपालिका–५ काँडामा घर पुरिंदा २ जनाको शव फेला परेको थियो । यस गाउँपालिकामा अझै ७ जना बेपत्ता छन् ।
उता ढकारी गाउँपालिकामा भने तीनजलाई घाइते अवस्थामा फेला पारिएको छ । उता कमलबजार गाउँपालिकामा पनि झण्डै एक दर्जन मानिस घाइते भएको बताइएको छ ।
गृहमन्त्री बालकृष्ण खाडले अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरि घटनाबारे जानकारी लिएको बुझिएको छ । बाढी र पहिरोमा परि घाइते भएकाहरु, प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृहमन्त्री खाडले गृह प्रशासनलाई निर्देशन दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment