इलाममा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा आचार्यको नाम पहिलो नम्बरमा सिफारीस


इलाम, १७ भदौँः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदैँ गर्दा दलहरुले उम्मेद्वार सिफारिस गरेका छन् । नेपाली काँग्रेस इलामले पनि शुुक्रबार बसेको वैठकले उम्मेद्वार सिफारिस गरेको छ । 
नेपाली कांग्रसको विधान अनुसार क्षेत्रिय समितिले प्रतिनिधिसभाको लागि  र प्रदेश कार्यसमितिले प्रदेशसभाको लागि उम्मेद्वार सिफारिस गरेको हो । यसरी सिफारिस भएको नामावलीलाई जिल्ला कार्य समितिले केन्द्रमा पठाउने व्यवस्था रहेको छ । 
क्षेत्रिय कार्य समितिहरुले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सभापति डम्बर खड्का र क्षेत्र नम्बर दुईमा नेता भेषराज आचार्यको नाम सिफारीस गरेको छ । 
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रिय समितिले डम्बर खड्का, भेषराज आचार्य, भूपेन्द्र कट्टेल, टिकाराम लाप्चा, दुर्गा सुवेदीको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ (क)मा बन्दना पौडेल अधिकारी (खगेश्वरी), उद्धव पौडेल, देवेन्द्र राई, हुकुमलाल थेवे, देवेन्द्र सुवेदी, हरि लुईटेल, सञ्जिव ढकाल, प्रकाश भट्टराई र मिलन क्षेत्रीको नाम सिफारीस गरेको छ । 
प्रदेशसभा क्षेत्र नम्बर १(ख)मा समशेर राई, विष्णु हेमकुमार कार्की, भिष्म प्रधान, निष्कल राई, जीवन नेपाल, धुव्र राई, सन्तोष गुरुङको नाम सिफारिस गरेको क्षेत्रिय सभापति समशेर राईले जानकारी गराए । प्रतिनिधिसभाको उम्मेद्वारहरु बैठकमा आएका नामहरु सिफारीस गरेको उनीहरुको नाममा १ नम्बर २ नम्बरको क्रम नमिलाएको राईको भनाई छ, उनले भने गठबन्धन हुँदा प्रतिनिधि सभा नेकपा एकिकृत समाजवादीको भागमा पर्ने भएकाले पनि क्रमाङ्क नमिलाएको हो ।  प्रदेशसभाको भने क्रमाङ्कमा मिलाएर सिफारीस गरिएको छ । अहिले भएको पाटी भित्रको पोटफोलियो र क्रियाशिलताको आधारमा नाम सिफारीस गरेर पठाएको राईको भनाई छ । 
यसरीनै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पहिलो नम्बरमा भेषराज आर्चायको नाम सिफारिस गरेको छ त्यस पछि डम्बर खड्का, केशव थापा, बेनुपराज प्रसाई, सुजता परियार, नगेन्द्र कुमार कुमाल, रमेश लिङदेनको नाम सिफारिस गरेको छ ।  नेकपा एमालेको तर्फबाट भने क्षेत्र नंम्बर २ मा एमाले नेता सुवास चन्द्र नेम्वाङको नाम सर्वसहमत सिफारिस भई सकेको छ । 
प्रदेशसभा क्षेत्र नम्बर २(क)मा  गोविन्द गिरी, राजेन्द्र शर्मा, निरोज खड्गी, पूर्ण प्रसाद गौतम, राजेन्द्र बस्तोला, प्रदिप आर्यललाई सिफारिस गरेको छ । प्रदेशसभा क्षेत्र नम्बर २(ख)मा याम कुमार वुढाथोकी, लक्ष्मण पाण्डे, कमल वहादुर कार्की, डम्बर बहादुर लिम्बु, रामकुमार श्रेष्ठ सिफिारीस भएको क्षेत्रिय सभापति डिकेन्द्र इदिङगोले जानकारी गराए । 
 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment