गुण्डाका नाईके एल.वि.को हत्याको आरोपमा इलाम चुलाचुलीका ९ जना पक्राउ


इलाम, ७ असोजः इलामको चुलाचुली गाउँपालिकाबाट हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालयले ९ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई इलाम चुलाचुली गाउँपालिका ५ बुकुवा स्थित रहेको दमक नगरपालिका र चुलाचुली गाउँपालिका जोड्नेग रतुवा खोलाको झुलुङगे पुल नजिक झापाको दमक नगरपालिका ३ बेल्डागी भुटानी शरणार्थी शिबिर कयाम्प बस्ने बर्ष ४४ को एल।बि।भन्ने लाल बहादुर गुरुङलाई हत्या गरेको आरोपमा पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका ४ बस्ने  बर्ष २५ को शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी,  बर्ष २९ को झ्याम्ले भन्ने नरेश कुमार याखा,  बर्ष २१ को अभिषेक केरुङ,  बर्ष २० को सेसे भन्ने सेसेयाङ याखा, बर्ष ३३ को सन्तु भन्ने चन्द्र कुमार यवा, बर्ष ३५ को डम्बर यवा, बर्ष ३० का टिका भन्ने नरेन्द्र तुम्रोक,  बर्ष २६ को बिक्रम हिङमाङ (नेपाली) र  बर्ष २९ को पर्शु राईलाई पक्राउ गरेको हो ।
दश बाह्र जना अपरिचित ब्यक्तिहरुले खुकुरी,ढुङगा प्रहार गरि खुट्टाको छिपारी,घुडा र दाहिने कुममा काटी गम्भिर धाईते बनाई फरार भएको खबर प्रहरी चौकी पेल्टिमारीमा प्राप्त हुन साथ प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटिको टोली खटिएको थियो । 
टोलीले धाईतेलाई उपचारको लागी जिल्ला झापा लाईफलाईन अस्पताल दमक पठाईएकोमा उक्त अस्पतालमा उपचार हुन नसके पछि झापमो वि एन सी असपतालमा साझ ६ः३० बजे  अस्पताले धाईतेलाई मृत घोषण गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामबाट घट्नाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय इलामका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेको नेतृत्वमा खटीएको टोलीले अनुसन्धान गर्ने क्रममा मृतक  लाल बहादुर गुरुङ संगै घट्नाई स्थलमा २ वटा मोटरसाईकलमा  इलाम चुलाचुली गाउँपालिका ३ बस्ने बर्ष २९ को राकेश फियाक,  झापा दमक नगरपालिका ३ बेल्डागी क्याम्प बस्ने बर्ष २७ को  प्रदिप तामाङ र बर्ष १८ को  नर बहादुर राई समेत गएको पाईएकोमा निजहरु संग सोधपुछ तथा अनुसन्धान गर्दा १२ जना ब्यक्तिहरुको नाम खुल्न आएको र बिभिन्न स्थानहरुमा लुकिछिपि बसेको अवस्थामा घट्नामा संलग्न ९ जनालाई पक्राउ गरि अनुशन्धान भई रहेको प्रहरी उपरिक्षक दिलिप घिमिरेले वताए । 
घटनाको पृष्ठभूमी
घटना घट्नु भन्दा अघि एल.वि. भन्ने लाल बहादुर गुरुङकेही दिन अघि काराघाबाट छुटेको अनुशन्धानमा खुल्न आएको छ । साथै घट्ना हुनु भन्दा ३ दिन अगाडी मृतक  बहादुर गुरुङले घट्नाउमा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफनै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्नानको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको पाईन्छ ।
उनलाई घटना स्थथलमा वोलाउनको लागि शिविरमा नै बसोबास गर्ने चोर दावा भन्ने दावा तामाङसंग पहिला देखीनै रिसिबि रही मृतकले निजलाई खोजी गरी रहेकोमा उक्त दावा तामाङलाई हामीहरुले पक्राउ गरेका छौ आउनु भनि आरोपिहरुले मृतको श्रीमतिको मोवाईलमा सम्पर्क गरी घट्ना स्थलमा बोलाएर कुटपिट गरेको अनुशन्धनमा खुलेको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment