२१ भाद्र २०७९, मंगलवार
काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले अवैध लागू औषध खैरो हिरोइन, गाँजा र नियन्त्रित लागू औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गर्दै भदौ १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागु औषध खैरो हिरोइन, लागू औषध गाँजा र नियन्त्रित लागू औषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
उनीहरुको साथबाट खैरो हिरोइन २८७.५ ग्राम, नियन्त्रित लागू औषध ब्रुपेनोर्फिन, डाईजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए । त्यसैगरी लागू औषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार एक सय रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।
त्यस्तै पार्सलको रुपमा अमेरिकाबाट आएको २ किलोग्राम गाँजा र हिरोइन जोख्न प्रयोग गरिने ४ वटा डिजिटल तराजु पनि बरामद गरिएको उनले उल्लेख गरे । पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागू औषध ऐन अनुसार म्याद थप भएर अनुसन्धान तथा कारबाही भइरहेको उनले जानकारी दिए ।
उनीहरुको साथबाट १७ थान मोबाइल पनि बरामद गरिएको छ । बरामद भएको कुल लागू औषधको अवैध बजारमूल्य २९ लाख, ९९ हजार चार सय रुपैयाँ रहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

0 comments:
Post a Comment