३८ औँ पानीटार बडादशैं कप फुटबल: इस्ट इलामले चुम्यो उपाधी

  • बिमल अधिकारी


१९ असोज देउमाइ : ३८औँ पानीटार बडादशैँ कप फुटबलको उपाधी इस्ट इलाम फुटबल क्लबले पाएको छ। आज भएको फाइनल खेलमा इस्ट इलामले तिनका बिरुद्द पाँच गोल गर्दै गुन्मुने फुटबल क्लबलाई पराजित गर्दै बिजेता बनेको हो।

सामुदायिक बिकास समाज पानीटारको आयोजनामा पानीटार खेल मैदानमा भएको फुटबल खेल यसपटक असोज आठ गते बाट सन्चालन भएको थियो। प्रतियोगिताको बिजेता टिमले नगद रु पचास हजार तथा उपबिजेताले नगद रु तीस हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र पाएका छन भने, उत्कृष्ट खेलाडी, तथा सर्बाधिक गोलकर्ताले समेत पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएका छन।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment