काठमाडौँको चन्द्रागिरिमा पहिरो, ध्यान केन्द्रसँगै ३ जना पुरिए

२१ आश्विन २०७९, शुक्रबार

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको २ नं वडामा आएको पहिरोले एकै परिवारका ३ जनालाई पुरेको छ । चन्द्रागिरि— २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमाथिबाट पहिरो खसेर उक्त ध्यान केन्द्र पुरिएको हो ।
ध्यान केन्द्र पुरिँदा त्यसभित्र रहेका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथी श्रेष्ठको मृत्यु भएको हो ।
वडा अध्यक्ष भाइकृष्ण तामाङले मध्यरातमा पहिरो खसेको बताए । अविरल वर्षाका कारण उक्त पहिरो गएको हो । पहिरोमा पुरिएकाहरुको खोजी जारी रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment