इलाम, २१ असोजः विहीबार माईखोलामा बेपत्ता भएका बालक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । इलाम नगरपालिका ५ बिप्ल्याटे बस्ने शुक्रराज राईको छोरा बर्ष १२ को निगम राई इलाम नगरपालिका २ सुम्बेक रबिन राईको मा मामा घरमा गई मामाको छोरा बर्ष १४ को सरन राई संग घाँस काट्न गएकोमा सोही स्थानमा रहेको पावर हाउस मुनि माईखोलामा माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएका थिए ।
प्रहरी र स्थानिय मानिसहरुले खोततलास गर्ने क्रममा शुक्रबार उनीलाई इलाम नगरपालिका २ सुम्बेक स्थित सुपरमाई हाईड्रो पावर माईखोलामा मृत अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ । शवको जाँच मुचुल्का तथा अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक प्रदिप सुबेदीको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी गारए ।
0 comments:
Post a Comment