- बिमल अधिकारी
देउमाइ ३० असोजः साहित्य मार्फत पर्यटनको प्रबर्दन गर्ने र एक दिन भए नि पानीटार घुमाउने उदेश्यले देउमाइको पानीटारमा साहित्यिक तथा कार्टुन प्रदर्शनी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। परिबर्तनका लागि आवाजको आयोजनामा भएको खुल्ला साहित्यिक कार्यक्रममा दुई दर्जन बढी साहित्यकारले आफ्ना गजल, कबिता, मुक्तक तथा गितहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा साहित्यकार हरु बेद प्रसाद रिजाल, बुद्दिसागर न्यौपाने,प्रकाश चन्द्र खनाल,राम क्षेत्री , चेतन अन्जान , आर के एलन, सुमन ल्वागुन, बिमल अधिकारी , सुजन बास्तोला, बिनिता बराइली, तेजु खतिवडा, बिमल गौतम , भिम सेन लिम्बू, शेखर रिजल, दावा तामाङ्ग, पुजा दहाल लगायतले रचना बाचन गर्दै आफ्ना सुन्दर शाब्दिक सिर्जनाले पानीटारको हरियालीमा सुमधुर वातावरण सिर्जना गरेका थिए। त्यस्तै इलाम बाट उदयमान कार्टुनिस्ट आशिष खनाल माडसाब का कार्टुन समेत प्रदर्शनी गरिएको थियो।
टिका कटुवालको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन भने बिमल अधिकारी र पुजा दहालले सञ्चालन गरेका थिए।
0 comments:
Post a Comment