छोरी जन्मिएपछि प्रसुति गराउन सँगै थापाथली अस्पताल आएका श्रीमान ३ तलामाथिबाटै हामफाले

२८ आश्विन २०७९, शुक्रबार

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको ३ तलामाथिबाट एक पुरुष हामफालेका छन् ।
श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पुगेका ३९ वर्षका पुरुष बिहीबार राति अस्पतालकै भवनबाट हाम फालेका हुन् ।
प्रहरीका अनुसार उनी कपन बस्दै आएका स्वयम तामाङ हुन् । उनी श्रीमतीलाई सुत्केरी गराउन राति अस्पताल गएको र छोरी जन्मिएपछि हामफालेको भन्ने खुल्न आएको प्रहरीको भनाइ छ ।
हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment