- बिमल अधिकारी
देउमाई १५ असोजः ३८औँ पानीटार बडादशैँ कप फुटबल अन्तर्गत क्वाटर फाइनलको शुक्रबारको खेलमा इस्ट इलाम र फत्तेजुङ्ग बिजयी भएका छन। इस्ट इलामले तीनका बिरुद्द चार गोल गर्दै सिम्ले फुटबल क्लब लाई पराजित गरेको थियो भने, दोस्रो खेलमा फत्तेजुङ्ग सामाजिक सरोकार समाजले शुन्यका बिरुद्द एक गोल गर्दै सुर्के फुटबल क्लब लाई पराजित गरेको हो।
सामुदायिक बिकास समाज पानीटारको आयोजनामा हुँदै गरेको फुटबल यसपटक असोज ८ गतेबाट सञ्चालन भई रहेको छ। खेलमा इलामका विभिन्न १६ वटा टिमको सहभागिता रहेको छ।
प्रतियोगितामा बिजेता टिमले नगद र पचास हजार तथा उपबिजेताले नगद रु तीस हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र पाउने छन भने उत्कृष्ट खेलाडी, तथा सर्बाधिक गोलकर्ताले समेत पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन। नेपाल आइसको प्रयोजन रहेको खेलको फाइनल भने असोज १९ गते बिजयादशमिको दिन हुनेछ।खेलको प्रत्यक्ष प्रसारण माइपोखरी न्युजबाट हुने छ।
0 comments:
Post a Comment