इलाम, ३० असोजः जिल्ला प्रहरी कार्यालय इलामले ६७ औँ प्रहरी दिवश एक समारोहका बिच कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतको अध्यक्षता तथा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक तेज बहादुर दाहालले सो उक्त कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न सुरक्षा निकाय प्रमुख, अमर प्रहरी परिवारजन,संचारकर्मी, सरकारी कार्यालय एवं संघ(संस्था प्रमुख,पुर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय इलामले प्रहरी कामकार्वाहीमा उत्कृष्ट भुमिका निर्वाह गरी आफुलाई सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई कार्यको कदर स्वरुप पुरस्कृत गरेको छ भने जिल्ला प्रहरी कार्यालय इलामलाई सहयोग पुर्यावउनु हुने स्थानिय तह,बिभिन्न संघ संस्था तथा प्रहरी काम कार्वाहीमा योगदान गर्नु हुन महानुभावहरुलाई आगमी दिनहरुमा समेत प्रहरीसँग निरन्तर सहकार्य र साझेदारीको अपेक्षा राख्दै प्रशंसा पत्र दिएको छ ।
कार्यक्रममा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगाना, जिल्ला सरकारी वकील कार्यालय इलामका जिल्ला न्यायाधिबक्ता राजेन्द्र बहादुर बस्नेत र पुर्व प्रहरी संगठन इलामका बरीष्ठ सचिव बखत बहादुर आङदेम्बेले शुभ कामना मन्तब्य राख्नु भयो भने कार्यक्रममा पाल्नु भएका प्रमुख अतिथि लगायत सम्पूर्ण आमन्त्रित महानुभावहरुलाई धन्यवाद ज्ञापनसहितजिल्ला प्रहरी कार्यालय इलामका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले कार्यक्रम समापन गर्नु भएको थियो ।
0 comments:
Post a Comment