तिहारको भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा


 काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०७९ सालको तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

समितिले सोमबार विज्ञप्ति जारी गर्दै कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो।

विज्ञप्तिमा नेपालमा भाइटीकाको उत्तम साइत ११ बजेर ३७ रहेपनि अन्य देशहरुमा भने भाइटीकाको उत्तम साइत फरकपफरक रहेका छन् । भारतमा भाइटीकाको उत्तम साइत अक्टोबर २७ मा ११ बजेर ५५, अमेरिकामा अक्टोबर २६ मा ११ बजेर २५, जापानमा अक्टोबर २७ मा ११ बजेर ३१ मा रहेको छ । समितिले यी देशसँगै अन्य देशमा पनि भाइटीकाको उत्तम साइतको समय फरक फरक जुराएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment