इलाम क्षेत्र नम्बर २ प्रदेशसभा २ मा नेकपा एमालेका राम राना विजयी


इलाम,  ८ मंसिरः इलाम क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेकपा एमालेका रामबहादुर रानामगर विजयी भएका छन्। निर्वाचन कार्यालयले उनलाई विजयी घोषणा गरेको छ।
उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हर्क लावती कान्छालाई २ हजार ५ सय ७८ मतले पराजित गर्दै मगर प्रदेशसभामा दोस्रो पटक विजयी भएका हुन्। मगरले १३ हजार ७ सय ५४ मत ल्याउँदा  लावतीले ११ हजार १ सय ७६ मत ल्याएका छन्।
रानामगर २०७४ सालको निर्वाचनमा इलाम क्षेत्र २ को प्रदेशसभा १ बाट विजयी भइ १ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत थिए। राना एमाले केन्द्रीय कमिटी सदस्य हुन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment