इलाम क्षेत्र नम्बर एकको स्थगित मतगणना अझै शुरु भएन


इलाम, ७ मंसिरः गएराति १२ बजेदेखि स्थगित इलाम क्षेत्र नम्बर १ को मतगणना करिब १४ घन्टा बित्दा पनि पुनः सुरु हुन सकेको छैन। सहमतिका लागि बैठक बस्न दलका प्रतिनिधि सहभागी नभएपछि मतगणना चालु गर्न नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतपेटिकामा रहेको सिलको विषयमा विवाद भएपछि गणना रोकिएको थियो। निर्वाचन अधिकृत राजकुमार दाहालले पुनः गणनाका लागि दलहरूबीच सहमतिको प्रयास भइरहेको जानकारी दिए। मतपेटिका रुजु नगराइ खोलिएको भन्दै एक उम्मेदवारले गणना अस्वीकार गरेका हुन्। ‘हामीले उम्मेदवारका प्रतिनिधिलाई रुजु नगराइ मतपेटिका खोलेका होइनौं, रुजु गराएका हौं तर मतपेटिका खोलिसकेपछि प्रदेशसभाका एक उम्मेदवार आएर यो रुजुबिनै खोलियो भन्दै विवाद गर्नुभयो,’ दाहालले भने, ‘त्यसपछि वातावरण केही खल्बलिँदा राति सहमतिका लागि छलफल हुन सकेन।’
यो क्षेत्रको २३ हजार ८ सय ६५ मतगणना सकिएको छ। रातिसम्मको गणनामा नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि देखिएका छन्। नेकपा ९एमाले०का उम्मेदवार महेश बस्नेतले १० हजार २ सय ८७ मत ल्याउँदा खनालको ८ हजार ७ सय ८० मत आएको छ।
क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ। मतगणना सूर्योदय नगरपालिकको सभाहलमा भइरहेको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment