इलामको रोङमा घुम्ति स्वास्थ्य शिबिर


इलाम, २२ कार्तिकः  इलामको रोङ ६मा घुम्ति स्वास्थ्य शिबिर सञ्चालन भईरहेको छ । रोङ गाउपालिका वडा न ६ को कार्यक्रम अनुसार  रम्भ्याङ टोलमा सञ्चालित जेस्ठ नागरिक तथा दिर्घ रोगिहरुको लागि सहज स्वास्थ्य सेवा दिन पहिलो पटक सञ्चालित टोल स्तरिय घुम्ति सेवामा ८० जनाको सुगर प्रेसर तथा अन्य स्वास्थ्य  समस्या जाच र औँषधि बितरण तथा परामर्ष गरिएको छ ।
मंगलबार थर्पुबजार आधारभुत स्वास्थ केन्द्र रम्भ्याङमा सचालित कार्यक्रम बुधबार थरिटोल र दिनेस डाडा आसपासमा गरिने भएको छ । घुम्ति स्वास्थ्य  शिबिरमा अहेब बिकाश गजमेर,हेल्थ असिस्टेन करिस्मा सुनुवार,अनमि श्रेया घिमिरे र कार्यलय सहयोगि कलाराईको टोलिले सेवा दिए रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment