बारा । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा एक युवकको शव भेटिएको छ । विहीबार जीतपुरसिमरा उपमहानगरपालिका–१० का २२ वर्षीय सुरज साह कानुको परालले छोपेको अवस्थामा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको हो । कर्तव्य गरी मारेर फालेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयले भुसा (काटेको पराल)को थुप्रोबाट मृतकको खुट्टा बाहिर देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेका प्रहरीले मुचुल्का गरी सुरजको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको छ ।
उक्त घटनाबारे तीब्र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.jpg)
0 comments:
Post a Comment