इलाम र झापा विच पहिलो पटक फस्ट क्लास क्रिकेट प्रतियोगिता

 इलाम, १२ पुसः झापाको डोमालाल रंगशालामा पहिलो पटक ४ दिवशिय (फस्ट क्लास) क्रिकेट प्रतियोगिता हुने भएको छ । इलाम रोङको क्रिकेट टिम (लोवर वेल्ट इलाम) र झापाको युनाइटेड क्रिकेट एकाडेमी विच यहि पुस २२ गते बाट खेल हुने एकाडेमीका सञ्चालक हितेन्द्रमान श्रेष्ठले जानकारी गराए । क्रिकेट खेलाडीहरुको खेल अभियासमा महत्वपूण फर्मेटको रुपमा रहेको फस्ट क्लास क्रिकेट (टेस्ट) दैनिक ९० ओभरका दरले ५ दिन चल्ने गर्दछ र यसमा  ४ इनिङ हुन्छन् । 

प्रतियोगिताको विजेत र उपविजेता टिमले ट्रफि तथा पुरस्कार प्राप्त गर्ने पनि श्रेष्ठले वताए । प्रतियोगिताको प्रविधिक व्यवस्थापन इलाम जिल्ला क्रिकेट संघले गर्ने जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन  पौडेलले वताए । उनले भने रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्यांवाेले इलामको रोङको टिमलाई सहभागिताको लागि आर्थि सहयोग गर्र्ने प्रतिवद्धता दिएका छन् । 
प्रतियोगितामा इलामको टीमको कप्तानी हेमन राईले गर्ने छन् भने झापाको टीमको कप्तानी भूपेश गौतमले गर्नेछन् । 
इलामको टीम
हेमन राई (कप्तान), सुदिप पौडेल, सन्दिप ढुंगाना,
सुयोग भट्टराई, गौरव भट्टराई, प्रवेश अधिकारी, कुवेर पौडेल, सन्तोष गजमेर, अनिष विक, समिर राई, प्रकाश खत्री(विकी) अभिरल ओली, आलोक मण्डल, प्रज्योल प्रताप सिं राजवंसी, ज्ञानदिप कार्की, दिव्यान्स वाँस्तोला, अर्जुन पौडेल(प्रशिक्षक), संजय लामा (व्यवस्थापक)
झापाको टीम
 Bhupesh gautam (c). Nikhil poudel,  Sameer karki, Siwansh bajgain (W.K), Adarsh Saria,  Ayush neupane, Bijay karki, Basu rajbanshi,  Bijay ram mochi,  Bashanta koirala, Bashanta chauhan, Jitu kattle, Utshavhav Dhakal,  Aman Goyal 
Coach :Hitendrman Shrestha
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment