इलाम, २० मंसिरः इलामको देउमाई नगरपालिकाको मंगलबारे बजारमा ३ दिने आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्रज्योती संघ जिल्ला शाखा इलाम र देउमाई नगरपालिकाको संयुक्त आयोजना तथा बिराटनगर आँखा अस्पताल रानी विराटनरको प्राविधिक सहयोगमा मंसिर २२ देखि २४ सम्म शल्याक्रिया सहितको निःशुल्क आँखा शिविर सञ्चालन हुन लागेको हो ।
शिविर देउमाई नगरपालिकाको मंगलबारे बजारमा रहेको मंगलबारे बहुमुखि क्याम्पसमा सञ्चालन हुने छ ।शिविरमा मोतिया विन्दु तथा अन्य सामान्य आखाका विमारीको शल्याक्रिया गरिने तथा चस्मा तथा औषधि समेत वितरण गरिने नेपाल नेत्रज्याति संघ इलाम शाखाका सहसचिव प्रकाश भट्टराईले जानकारी गराए ।
0 comments:
Post a Comment