इलाम, १० पुसः इलामको ठूलो टुँडिखेलमा जिल्ला क्रिकेट संघ इलाममले आयोजना गरेको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि समता शिक्षा निकेतनले जीतेको छ । आज भएको फाईनल खेलमा बीबी मेमोरियल अंग्रेजी विद्यालय, सँखेजुङलाई ६ विकेटले हराउँदै समता शिक्षा निकेतले उपाधि आफ्नो नाममा बनाएको हो ।
टस हरेर पहिले व्याटीङको निम्तो पाएको वीवीले १५.५ ओभरमा सवै विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।
९० रनको झिनो लक्ष्यको पिछा गरेको समताले १५.५ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य हासील गरेको थियो ।
आजको खेलको मेन अफ दि म्याच एलिस खत्रि भएका थिए ।
प्रतियोगिताको मेन अफ दि सिरीज सिवन्स बजगाई भएका थिए ।

0 comments:
Post a Comment