झापाको भद्रपुरमा क्रिकेट खेलाडीहरु आँफै जुटे खेल मैदान निर्माणमा


इलाम, १४ पुसः झापाको भद्रपुर नगरपालिका ८ मा खेलाडीहरु आँफै खेल मैदान निर्माणमा जुटेका छन् । भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेल र वडा नंम्बर ८ का वडा अध्यक्ष मनोज सुव्वाको पहलमा मेची बहुमुखी क्याम्पसको खेलमैदान छेउको भाग क्रिकेट खेलाडीहरुलाई अभ्यासको लागि उपल्वध गराएको क्याम्पस प्रमुख जीवन पख्रेलले वताए । ठाउँ उपलव्ध भए पछि खेलाडीहरुले आफ्नै सकृयतामा कंकिटको क्रिज सहितको खेल मैदान निर्माण गरेका छन् । 
भद्रपुरका  ४ जना प्रदेश स्तरीय खेलाडी (आंकित सुवेदी, विपिन महतव, फजिल रेहेमन र सुमिन राई)  सहित ८ जनाको सकृयतामा झोडी फाडनी गरेर खेलमैदान निर्माण गरिएको छ । 
खेल मैदन निर्मणमा वडाले नगदसहित जेसिवी र रोलर समेत सहयोग गरेको थियो । कंकिर्ट क्रिज बनाउनको लागि स्थानीय भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकालले १० बोरा सिमेन्ट समेत सहयोग गरेका थिए । भद्रपुरमा क्रिकेट खेलको विकासकोलागि स्थानीय समाज सेवीहरु आदित्य पराजुली र नितेश बर्माले निरन्तर सहयोग गरिरहेको र आगामी दिनहरुमा पनि सहयोग गर्ने वताएका छन् । 
खेलाडीहरुको निरन्तर अभ्यासकोलागि वडा र नगरपालिकाले आवश्यक सहयोग आगामी दिनहरुमा पनि निरन्तर गरिरहने वताएको अंकित सुवेदीले जानकारी गराए । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment