१० पुष २०७९, आईतवार
काठमाडौँ । सत्ता राजनीति एकाएक बालुवाटारबाट बालकोट तर्फ केन्द्रित भएको छ । सत्ता गठबन्धनको बालुवाटार बैठकबाट बेमल मन बोकेर बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेका छन् । बालकोटमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको टोलि पनि पुगेको छ । राप्रपा अध्यक्षा राजेन्द् लिङ्देन र रास्वपा सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई पनि ओलीसँग छलफलका लागि निवास पुगेका हुन् ।
राष्ट्रपति विद्यादेवि भण्डारीले सरकार गठनका लागि दिएको एक साताको म्याद आज आइतबार ५ बजे सकिदैछ । सत्ता गठबन्धनका दलहरुले सहमति जुटाउन गरेको निरन्तर प्रयत्नले ठोस नतिजा दिन नसकेपछि गठबन्धन धरापमा परेको छ । आज बिहानै देखि बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल लगायतका नेताहरुले गठबन्धनमा सहमति जुटाउन कोशिस गरेका थिए । तर निश्कर्ष नआएपछि माओवादी अध्यक्ष प्रचण्डले अव गठबन्धन टुट्यो भन्ने आसय दिएर बालुवाटार छाडेका थिए । प्रचण्ड निस्किपछि देउवाले माधव नेपाल र झलनाथ खनालसँग छलफल जारी राखेका थिए । सत्ता गठबन्धन भाँडिएसँगै नयाँ सरकार बनाउन अंकगणित पुर्याउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा एकाएक दलका नेताहरू जुटेका छन् ।

0 comments:
Post a Comment