काठमाडौं महाननगर प्रहरीले १८ जना आक्रमणकारीविरुद्द प्रहरीमा किटानी जाहेरी दिने

१५ मंसिर २०७९, बिहीबार

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा काठमाडौं महानगरपालिकाका नगर प्रहरीमाथि आक्रमण गर्ने १८ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता दिइने भएको छ ।
काठमाडौं महानगरका प्रहरी उपरीक्षक दिनेश अर्यालले १८ जना आक्रमणकारीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन जान लागिएको बताएका हुन् ।
आक्रमणकारीहरुको नामसहित टेकु परिसरमा महानगर प्रहरी जान लागेको उनले बताएका छन् । उनका अनुसार टेकु जानका लागि पत्र समेत तयार भइसकेको छ ।’
गत सोमबार महानगर प्रहरीको टोली थापाथलीस्थित बागमती किनारमा रहेको अव्यवस्थित सुकुम्बासाी बस्ती हटाउन डोजरसहित गएको थियो । तर, बस्तीका स्थानीयहरुले बिनासूचना बस्ती हटाउन नदिइने भन्द्यै घरेलु हतियारसहित आक्रमणमा उत्रिएका थिए ।
सुकुम्वासीहरूको ढुंगामुढाबाट महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको थियो भने ३६ जना नगर प्रहरी घाइते हुन पुगेका थिए । नगरप्रहरीमाथि आक्रमणपछि महानगरले नगरप्रहरी विरुद्ध आक्रमण भएको पत्रसहिट जिल्ला प्रशासन कार्यालय र प्रहरीमा चिठी पठाएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरको चिठी पाएपछि बुधबार कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । तर, जिल्ला प्रशासनको निर्देशनबमोजिम प्रहरीले कारबाही अघि नबढाएपछि महानगर प्रहरीले किटानी जाहेरी नै दिने तयारी गरेको हो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment