इलामको जिर्मलेमा बाघको आतङ्क


रोङ, १५ मंसिरः इलामको रोङ गाउँपालिका ६ को जिर्मलेमा बाघले आतङ्क मचाएको छ । अहिले जिर्मलेका किसानले पालेको गोरु र बाख्राहरु दिनहु खान थालेपछि किसानहरु त्रसिद बनेका छन् । 
बिगत एक सातादेखि नियमित रुपमा गाउ पस्ने गरेको बाघले रोङ ६ रम्भेडेका खड्ग बहादुर राई, लालबिर राई र बिक्रम राईको तिनवटा गोरु बाधेकै ठाउमा मारेर खाएको र सोही  गाउको शरण राईको दुईवटा बाख्रा खोरमा नै खाईदिएको स्थानिय गणेश राईले बताए ।
यसरी बाघको आतङ्क  बढेपछि गाउमा मानिसहरुलाई घास दाउरा गर्नमा र रातसाझ हिड्नमा पनि असहज भएको छ । रोङ गाउँपालिकाका रैथाने बाघ नभएर भारतको सिमावर्ती क्षेत्रबाट आएर आतंक मचाएको हुन सक्ने स्थानीय गणेश राई वताउँछन् । 
अहिले इलामकाे  विभिन्न ग्रामिण क्षेत्रमा जंगली जनावारहरूले नाेक्सानी पुर्याउँदै अाएकाे छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment