रोङ, १६ मंसिरः बिश्व एड्स दिवसको अवसरमा बिहीबार रोङमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । बिश्वसगै नेपालमा पनि जोखिमपुर्ण मानिएको सरुवा रोगवाट बच्नको लागि जनचेतना जगाउन,रोकथाम र सक्रमित रहे भेदभाव रहित वनाउनको लागि रोङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सचेतना कार्यक्रम गरिएको हो ।
इलामको रोङलाई भारतसँगको खुल्ला सिमावती क्षेत्र रहेकोले जोखिम रहेको संवेदनशिल क्षेत्र मानिने गरेको छ ।
रोङ गाउपालिका वडा न ४ का वडाध्यक्ष राजकुमार लाप्चाको अध्यक्षता, माईनगरपालिकाका डाक्टर रामचन्द्र आचार्यको प्रमुख आतिथ्ता अनि बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको बिशेष आतिथ्यतामा भएको सचेतना कार्यक्रममा डा रामचन्द्र आचार्य, दिपक सापकोटा रोङ स्वास्थ्य प्रमुख युवराज काफ्ले लगायतका स्वास्थ्य कर्मिहरुले सहजिकरण गरेका थिए ।
0 comments:
Post a Comment