रवि लामिछाने बने उपप्रधानसहित गृहमन्त्री

११ पुष २०७९, सोमबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा नवनियुक्त भएका लामिछानेसहित दुई उपप्रधानमन्त्रीलाई सपथ ग्रहण गराएकी हुन् ।
नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक तथा पूर्वाधार मन्त्री बनेका छन् भने एमालेका विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनेका छन् ।
यसअघि माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले पनि गृहमा दाबी गरेका थिए । तर, पछि गृह त्यागेर परराष्ट्र मन्त्रालयमा जाने तयारी भए पनि मन्त्रालय हेरफेर गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment