- गोविन्द पौडेल
रोङ, २० मंसिरः निस्वार्थ सेवागरेर समुदायिक स्वास्थ्यमा सुधारकोलागि खटिरहने महिला स्वयंसेबिकाहरुलाई ईलामको रोङ गाउपालिकाले प्रोत्साहित गरेको छ ।
सोमबार १९ औँ सामुदायिक स्वास्थ स्वयंंसेविका दिवसको अवसरमा एक कार्यक्रम गर्दै पुरस्कार मायाको चिनो बितरण गरेर र उनिहरुले गर्दै आएको कामप्रति हौसला र प्रेरणा जगाउने प्रयत्न गरेको हो ।
उक्त दिवसमा भएको कार्यक्रममा हरेक वडाका उत्कृस्ट कामगर्ने एक जनालाई पुरस्कार मायाको चिनो र प्रमाणपत्र बितरण गरिईको थियो भने अन्य उन्सठ्ठी जनालाई मायाको चिनो बितरण गरिएको थियो । यसरी पुरस्कार पाउनेहरुमा वडा न १ बाट बुद्धि माया राई ,२ बाट रुका दहाल, ३ बाट आनन्दिकुमारी राई ,४ बाट कविता राई,५ बाट भद्रशिला राई र ६ बाट डुकिमाया प्रधान रहेका छन् । गाउँपालिकाले बिशेष कार्यक्रम गरेर आफुहरुलाई पुरस्कृत गरेकोले कामप्रति थप जिम्वेवारी थपिएको वडा न ६ का महिला स्वयंसेबिका डुकिमाया प्रधानले बताइन ।
रोङ गाउँपालिका स्वास्थ शाखाले गरेको सो कार्यक्रम स्वास्थ शाखा प्रमुख युवराज काफ्लेको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोको प्रमुख आँतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दहाल, उपाध्यक्ष बिस्नुमाया भुजेलको बिशिष्ट आतिथ्यता, जिल्ला स्वास्थ कार्यलय ईलामका निमित्त प्रमुख बिमल बराल, जिल्ला स्वास्थ कार्यलय ईलामका परिवार नियोजन तथा महिला स्वास्थ्य स्वयंसेविका फोकल पर्सन लक्षमण ढकालको बिशेष आतिथ्यता गाउँपालिकाका शाखा प्रमुखहरु र जिल्ला स्वास्थ्य कार्यलय ईलामका ल्याव टेक्निसियन युवनाथ बरालको आतिथ्यतामा भएको कार्यक्रमामा स्वयंसेबिकाहरुबिच हाजिरिजवाफ सगै स्वास्थ सबन्धि गित र कबिताबाचन समेत भएको थियो ।
रोङमा अहिले ६५ जना महिला स्वास्थ स्वयंसेबिकाहरु रहेका छन् भने उनिहरुले सघिय सरकारको अनुदानमा मासिक एक हजार भत्ता बार्षिक १० हजार पोषाक खर्च पाउने गरेकाछन् भने गाउपालिकाले थप १ हजार मासिक भत्ता, बैठक भत्ता ६ हजार, निःशुल्क स्वास्थ्य बिमा र बिभिन्न राष्ट्रिय खोप अभियान लगायतमा भत्ता मात्रै उपलब्ध गराउने गरेको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
0 comments:
Post a Comment