यी हुन् १८ महिलालाई प्रेम जालमा पारेर लाखौं सम्पत्ति लुट्दै फरार हुने झापाका नेत्रप्रसाद (भिडियो)

 

काठमाडौं । एक पुरुष जो होर्दा ठीकठाक देखिन्छन् । बोलीमा मिठास छ । उसको व्यवहारबाट मानिसहरु प्रभावित हुन्छन् । तर यिनी व्यक्तिले एक जना होइन, दुई जना होइन कम्तिमा १८ महिलाहरुलाई प्रेमजालमा पारेर लाखौं ठगी गरेर फरार भएका छन् भन्दा पत्यार लाग्दैन । तर पीडितहरु रुँदै न्यूज २४ को कार्यालयसम्म आइपुगेका छन् ।
वर्षौंसम्म इजरायलमा काम गरेर जम्मा गरेको लाखौं रुपैयाँ, जग्गा जमिनको रकमसमेत गरी एक महिलाको ८० लाखभन्दा बढी रकम यी नामुद ठगले खाएर बेपत्ता भएका छन् । यिनको असली नाम नेत्रप्रसाद गिरी हो भनिएको छ । झापा अर्जुनधारा घर भएका नेत्रप्रसादका अनेकौं नक्कली नाम पनि छन् । नागरिकता प्रमाणपत्र पनि दुई वटा छन् । भारतमा समेत आधार कार्ड लिएको दावी पीडितहरुले गरेका छन् ।
यी हुन् झापा अर्जुनधारा नगरपालिका हात्तीकिल्लाका नेत्रप्रसाद गिरी । अनुहार हेर्दा भद्र बोली मिठासपूर्ण लाग्छ । तर, कुकर्म यति डर लाग्दो छ कि यिनले अहिलेसम्म १६ जना महिलाको जीवन नै बर्बाद गरिसकेका छन् । गिरीले आफ्नो बोलीचाली र अन्य व्यवहारकोे आकर्षणमा महिलाहरुलाई फसाएर आफ्नो स्वार्थ सिद्ध गर्ने र ती महिलाहरुलाई बर्बाद बनाएर सडकसम्मै पु¥याइदिने गरेको तथ्य फेला परेको छ । यीबाट बर्बाद भएका धेरै पीडित महिला आफ्नो इज्जत र प्रतिष्ठाको डरले खुलेर बोल्न सक्दैनन् ।
तर, तिनैमध्येका दुई पीडित कार्यक्रम सिधा कुरा जनतासँगको सम्पर्कमा आएर गिरीको कुकर्मविरुद्ध बोल्ने आट गरेका छन् । गिरीले प्रेमको नाटक गरेर महिलाहरुलाई उम्किनै नसक्ने अवस्थाको पासोमा पार्ने र जुन उद्देश्यले पासोमा पारिएको हो त्यो उद्देश्य पूरा गरेर उनीहरुलाई घर, परिवार, समाजका अगाडि जिउनै नसक्ने अवस्थासम्म पु¥यादिने गरेका छन्। झापा मेचीनगरकी यी पीडित साढे ७ वर्ष इजरायलको बसाईपछि नेपाल फर्किएकी थिइन् । उनीसँग इजरायलमा कमाएको केही पैशा बचत थियो । त्यही पैशाबाट उनले जग्गा समेत खरिद थिइन् । तर, उनको त्यही सम्पत्तिमा गिरीको आखाँ लाग्यो । उनीबाट झण्डै ८० लाख बढी रकम लिएर गिरी फरार भएका छन् ।
सुरुमा उनले पाँच लाख रुपैया सहयोग मागे । त्यसपछि टाउकोको अपरेशन गर्नुपर्ने भयो भन्दै ९ लाख मागे । यति मात्र होइन जालझेल गरेर झण्डै ८० लाख मुल्य बराबरको जग्गा ४७ लाखमा बिक्रि गर्न लगाए । र, सबै रकम लिएर फरार भए । विश्वास भएकै कारण यी महिलाले पनि गिरीले भने बमोजिम नै सबथोक गरिन् ।

बिबाह नै गर्छु भनेर विश्वासघात गरेपछि…
गत वर्षको जेठतिर फेसबुकमार्फत गिरी र महिलाबीच चिनजान भएको थियो । श्रीमानसँग सम्बन्ध विच्छेद गरेर एक्लै बसेको भन्ने थाहाँ पाएपछि गिरी उनीसँग नजिकिएका थिए । गिरीले उनको एक्लोपनको साहारा बन्न खोजे जस्तो नाटक गरे । र, आफ्नो प्रेम जालमा पारे । गिरीले यतिसम्म विश्वास दिलाए कि आफुमाथि शंका गर्ने ठाउँसम्म दिएनन् ।
महिलाको घरमा आउनेजाने गर्थे, परिवारका सबै सदस्यसँग घुलमिल समेत थिए । आफु पनि ‘अबिबाहित हुँ’ भन्दै विवाह गरेर सेटल हुने आश्वासन पनि दिन्थे । दुईबीच गत भदौँमा बिहे गर्ने सहमति पनि भएको थियो । तर, गिरी त्यसयता फरार भए । उनी फरार भएपछि उनको स्वार्थ प्रष्टियो । बिहे गर्छु भन्ने व्यक्तिले नै विश्वासघात गरेपछि अहिले उनी छागाँबाट खसे झै भएकी छिन् । ३८ वर्षीया महिलाको १८ वर्षकी छोरी छिन् । गिरीले तिनै छोरीलाई समेत दुव्र्यवहार गर्न खोजे । यतिसम्मको हर्कत गर्ने गिरीप्रति अहिले उनीमा घृणा मात्रै छ । पैशा ठगेको भन्दा पनि  आफ्नो भावनासँग खेलेकोप्रति बढी चित्तदुखाई छ ।
अहिले पैशा फिर्ता माग्न खोज्दा गिरी उल्टै फेसबुकमा आपत्तिजनक भिडियो, तस्बिर पठाएर ब्ल्याकमेल गर्न खोज्छन् । गिरीलाई दिएको रकम मध्ये केही रकम त ऋण काँढेर समेत दिएकी थिइन् । त्यो ऋण समेत तिर्न नसक्दा अहिले उनी निकै पीडामा छिन् ।
काठमाडौँको पेप्सीकोलामा घर छ भन्ने गिरीको भर परेपछि…
नेत्रप्रसाद गिरीबाट पीडित भएकी अर्की यी महिला सुनसरीस्थित रामदुनी नगरपालिका निबासी हुन् । गिरीले उनीसँग आफु जग्गाको कारोवार गर्ने व्यक्ति भएको भन्दै चिनजान गरेका थिए । काठमाडौँ भएको आफ्नो जग्गा विक्री गर्ने भन्दै यिनीबाट पनि ३६ लाख रुपैया लिएर फरार भए् ।
यी महिलालाई पनि गिरीले आफु अविवाहित भएको भन्दै प्रेममा फसाउन चेष्टा गरेका थिए । प्रेम जालमा पार्न नसकेपनि जग्गा विक्रि गर्ने कारोबारमा भने फसाइ छाडे । काठमाडौँको पेप्सीकोलामा आफ्नो घर भएको र अन्य धेरै ठाउँमा जग्गा समेत भएको भन्दै घर र जग्गाको फोटो समेत पठाउथे । दृश्यमा देखिएका यी घर र जग्गा गिरीले आफ्नै हो भन्थे ।
काठमाडौँमै अर्की एक महिला पनि गिरीबाट बन्धक !
पीडितहरु काठमाडौँमा गिरी र उनको घर खोज्दै भौतारिए । न गिरी भेटिए न त उनको घर नै भेटियो । तर, खोज्दे जादाँ गिरीले गोठाटारमा कोठा भाडामा लिएर अर्की श्रीमती राखेका रहेछन् । पीडित महिलाहरुले उनको डेरामै पुगे । जहाँ उनकी २८ वर्षीया श्रीमती भेटिइन् । पीडितहरुका अनुसार गिरीले ती महिलालाई पनि बन्धक झै बनाएर राखेका रहेछन् । गिरी श्रीमति भए ठाउँ कहिले काँही मात्रै पुग्छन् ।
एउटै व्यक्तिका अनेकौ नाम, दुईवटा नागरिकता र भारतीय कार्डमा समेत फरक नाम
यी व्यक्तिको बास्तविक नाम नेत्र प्रसाद गिरी भएपनि महिलाहरुसामू यिनी फरक–फरक नामले परिचय दिन्छन् । दिपक, दिनेश, आयुष, अभी, नेत्र, राजिब महिलालाई बताउने यी एउटै व्यक्तिका नाम हुन् । पीडितहरुका अनुसार उनीसँग दुईवटा नागरिकता छ । नेत्रप्रसाद गिरी र आयुष गिरी नामको दुईवटा नागरिकता प्रयोग गरेर ठगि धन्दा चलाउने गरेका छन् । त्यसमाथि भारतीय आधार कार्ड समेत उनीसँग छ । जुन कार्डमा उनको नाम राजिब गिरी देखिन्छ । यसरी नाम, पहिचान फेर्दै हिड्ने गिरी अहिले सबै पीडितहरुलाई सबैतिरबाट ब्लक गरेर बेपत्ता भएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment