झापामा हिँड्दाहिँड्दै एक जनाको मृत्यु


झापा, झापाको कनकाई नगरपालिका- ९ मा बिहीबार एक पुरुषको पैदल यात्राको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय दुर्गा मुर्मु रहेका छन्।उनी पश्चिमबाट पूर्वतर्फ पैदल यात्रा गर्ने क्रममा बाटोमा लडेपछि उनको मृत्यु भएको हो ।
उक्त घटना आज दिउँसो साढे १२ बजे भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
यता मृत्यु भएका व्यक्तिको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लागिएको छ । उनको छारे रोगको कारणले मृत्यु भएको अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment