बसको ठक्करबाट पैदलयात्रुको मृत्यु


वालिङ । स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट आज साँझ एक पैदल यात्रुको मृत्यु भएको छ ।

बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले बाटोमा हिँडिरहेका पुतलीबजार ११ करेण्डाँडाका ७२ वर्षीय यामबहादुर जिटीलाई ठक्कर दिँदा जिटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पदमबहादुर थापाले जानकारी दिए।

ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साँझ ६ः३० बजे घटना भएपछि अहिले पनि सडक अवरुद्ध रहेको छ । प्रहरीले घटनास्थलको मुचुल्का गरेर शव हटाउने र यातायात सुचारु गर्ने तयारी गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment