इलाम नगरकप फाइनलः रेफ्रीको रातोकार्ड सँगै खेल स्थगित पुरस्कार विजयी टीमलाई वितरण


इलाम १४ माघः इलाम नगरपालिका नगर खेलकुद समितिले आयोजना गरेको फुटबल प्रतियोगिको फाइनल खेल दोस्रो हाफको ९ औँ मिनेटमा स्थगित पुरस्कार वितरण कार्याक्रम शनिबार सम्पन्न भएको हो । 

माघ ७ गते भएको खेल विवादका कारण वडा नम्बर ७ र वडा नम्बर ३ पुवामझुवा विच भएको फाइनल खेल स्थगित भएको थियो  यदपी खेल मैदन छोडेर पुवामझुवाको टीम बाहिरे पनि रेफ्रीले वडा नम्बर ७ लाई विजयी घोषण गरेका थियो । आयोजकले खेलका सम्पूर्ण कार्यक्रम स्थगित गरेको थियो सोहि स्थगित भएको पुरस्कार वितरण कार्यक्रम शनिबार इलाम नगरपालिकाको सभा कक्षमा सम्पन्न भएको छ  । 

पुरस्कार वितरण कार्यक्रम नगर खेलकुद समितिका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले इलाम नगरपालिकाका टीम मेनेजर शुरेन्द्र राईलाई ट्रफि, प्रमाण पत्र तथा नगद पुरस्कार  हस्तान्तरण गरेका थिए । कार्यक्रममा इलाम नगरपालिकाका वडा अध्यक्षहरु तथा अन्य खेलप्रेमीको उपस्थिति रहेको थियो । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment