कास्की । पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान आकासमै आगोको झिल्को देखिएको जनाइएको छ । अवतरणको अनुमति लिइसकेको अवस्थामा दुर्घटनमा परेको जहाज उडिरहेकै बेला आगो लाग्न सुरु गरेको जनाइएको छ ।
“मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ”, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले, “विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।”
आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको भुलले बताए। विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।
प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।
0 comments:
Post a Comment