इलाम, २० पुसः इलाम नगरपालिका १ साँखेजुङका राजु दाहालले आफ्ना स्वर्गिय वुवा भरत दाहालको तेस्रो वर्षिक पुण्य तिथिको अवसरमा न्यनो कपटा वितरण गरेका छन् । उनले इलाम नगरपालिका १० गोदकमा रहेको माईभगवती वृद्धाआश्रमका वृद्धवृद्धालाई न्यानो कपडा (ब्ल्याङकेट)खाद्य पदार्थ र नगद गरि जम्मा सत्र हजार बराबरको सरसामान दिएका हुन ।
उनले आमा मेनुकादेवी दाहालको हातबाट सो सामाग्री वितरण गरेका हुन । दाहाल र उनकी श्रीमती ईन्दिरादेवी दाहालल आँफै उपस्थित भएर सो सामाग्री वितरण गरेका हुन । दाहाल हाल बिर्तामोड नगरपालिकाको चारपानेमा वसोवास गर्दै आएका छन् ।
अहिले आश्रममा ९ जना वृद्धा र ६ वृद्ध जना आश्रित रहेका छन् ।


0 comments:
Post a Comment