पाँचथरको फिदिममा आगलागी, दुईको मृत्यु, दुईजना घाइते

२० पुष २०७९, बुधबार


काठमाडौं । पाँचथर जिल्लाको फिदिम नगरपालिका –८ घुमाउनेटारमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको । त्यस्तै दुईजना घाइते भएका छन् ।
मंगलबार राति स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मेघराजका २२ वर्षीया छोरी ममता गुरुङ र  बुहारी २३ वर्षीया आसाङसिं थेवे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यस्तै घाइते हुनेमा मेघबहादुर र उनका छोरा वीरेन्द्र रहेका छन् । उनीहरुको अवस्था सामान्य छ ।

प्रहरीका अनुसार विद्युत सट हुँदा आगलागी भएको हो । आगलागीबाट मेघबहादुरको घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment