इलाम, २० पुसः सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र इलामले आफनो सेवाकेन्द्र मातहतमा सञ्चालित विभिन्न सहारा महिला समूहका ३१ जना सदस्यहरुलाई ”उत्कृष्ट संस्थाको बनाउदै पहिचानःआबद्धतामा सदस्यलाई गर्व र आत्मसम्मान“भन्ने नाराका साथ एक दिने वित्तिय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम गरेको छ ।
सेवा केन्द्रको कार्यालयमा इलाम नगरपालिका वडा नं. ६ कि पूर्व कार्यपालिका तथा वडा सदस्य एवम् शितल सहारा महिला समूह नं.११२का प्रतिनिधि सानु दास ज्यूको अध्यक्षतामा सम्पन्न गरेको छ । कार्यक्रममा वित्तिय साक्षरता,सहकारी ऐन २०७४मा गरिएका विभिन्न व्यवस्थाहरु परिच्छेद ५ को बुदा नं. ३५)सुविधा प्राप्त गर्न नसक्ने व्यवस्था, परिच्छेद ७ को बुदा नं. ५०)सदस्य केन्द्रित भई वचत तथा ऋणको कारोवार गर्नु पर्ने व्यवस्थामा उल्लेखित मुख्य मुख्य उपदफा,परिच्छेद १०बुदा नं. ६९को संरक्षित पूजि फिर्ताकोष सम्बन्धि व्यवस्था, परिच्छेद १४ को ऋण असुली तथा बाकि बक्यौता बुदा नं. ७९)मा उल्लेखित ऋण असुल गर्ने व्यवस्था,बुदा नं.८०)कालो सुचि सम्बन्धि व्यवस्था,बुदा नं.८१)कर्जा सुचना केन्द्र लगायतको ऐनमा उल्लेख गरिएका विषयमा जानकारी गराईएको थियो ।
कारोवार गर्दा वर्तमान अवस्थामा अन्धाधुन्ध कारोवार नगरि उक्त संस्थाको आर्थिक स्वास्थ्य अवस्था बारे सुसुचित हुन अनुरोध गर्दे आफ्नो संस्थाको आर्थिक स्वास्थ्य अवस्थाको विवरण समेत प्रस्तुत गरि आफ्ना सदस्यहरु लाई निर्धक्क भई कारोवार गर्न र आफूले राख्ने वचतको प्रकृती हेरी फिर्ता पाउने समयमा फिर्ता लिनुपर्दा कोहि पनि सदस्यले दोधार हुनु नपर्ने ग्यारेन्टि गर्दे समूह गुणस्तरताका लागि कर्मचारी तथा सदस्यको भूमिका,कर्जा लिएर सदुपयोग गरेमा त्यसबाट हुने फाइदाको बारेमा पनि जानकारी गराईएएको थियो ।
संस्थामा आबद्धभई कारोवार गर्दा सदस्लाई पर्नसक्ने असहजता,समूह पोशाक र त्यसको महत्व,वैठक शुरुगर्दा गरिने विकाशको एक मन्त्र, सहारा गान समूह वैठक सञ्चालनका विभिन्न १८ चरणहरु,संस्थाका वर्तमान वस्तु तथा सेवाहरु मोवाइल बैंकिङ, एटिएम, वचत सेवा, ऋण सेवा,रेमिट,विमा एवम् संस्थाले कर्जा सुरक्षणकोष वापत उपलब्ध गराउदै आएको विभिन्न सेवा सुविधाहरुको बारेमा समेत जानकारी गराइएको थियो । सदस्यहरुलाई वर्तमान अवस्थामा सहकारी तथा संस्था सम्बन्धि भइरहेका नकारात्मक टिकाटिप्पणीहरु उपर छलफल गरि यस्ता गलत मानसिकता बनाई अनावश्यक होहल्लाको पछि लाग्नु उपयुक्त हो वा होइन भनी अन्तरक्रिया समेत गरि प्रसिद्ध मोटिभेसनल स्पीकर डा. तारा गिरि ज्यूका उत्प्रेरणात्मक भनाइहरु पनि सुनइएको थियो ।
साथै सदस्यले संस्थाकाबारेमा कुनैपनि जिज्ञासा गुनासो गर्नुपरेमा संस्थाले सञ्चालनमा ल्याएको सुझाव पुस्तिका, सुझाव पेटिका तथा १६६०२३४५००१को टोल फ्रि नं.मा समेत आफ्नो गुनासो राख्न सकिने बारे सेवा केन्द्र प्रमुख के.पी. लुईटेलले सदस्यहरु लाई जानकारी गराई कार्यक्रमको सहजिकरण गर्नुुभएको थियो । कार्यक्रममा कार्यक्रमको नारा अंकित सदस्यको फोटो सहितको व्याज समेत सहभागिहरुलाई वितरण गरिएको थियो ।
साथै संस्थाले नियमित गर्दे आइरहेको सदस्य सन्तुष्टि सर्वेक्षण फारम समेत भर्न लगाई कार्यक्रम बाट निस्किएको निस्कर्ष लाई समेटि तयार गरिएको १० बुदे प्रतिबद्धतापत्रमा दस्तखत समेत गरिएको थियो । आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु संस्थाले सञ्चालन गरि आफ्ना सदस्यहरु लाई लाभ प्रदान गर्न सकोस भन्दै सहभागिहरुका तर्फबा विभिन्न स.म.स.का प्रतिनिधिहरु क्रमश भगवती पराजुली, संगिता खड्गीले यो कार्यक्रम प्रभावकारी रहेको कार्यक्रममा सहभागि भई सहकारी ऐनमा भएका व्यवस्था,सदस्यको भूमिका,संस्थाका वर्तमान निति नियमहरु वचत तथा ऋण सेवाहरु बारे यसरी जानकारी गराउने कार्यलाई संस्थाले निरन्तरता दिन सकेमा वास्तवमा तय गरिएको नाराले सार्थकता प्राप्त गर्न सक्ने र सबै सदस्यले गर्व गर्न सक्ने आदि लगायतको धारणा राख्नुभएको थियो । सेवा केन्द्र कर्मचारी सम्झना गुरुङ्ग को सञ्चालन र सेवा केन्द्र इलामका कर्मचारी अनुप रिजालको स्वागत मन्तव्य तथा सरस्वती कार्किको व्यवस्थापन मा इलाम सेवा केन्द्रको कार्यालयमा कार्यक्रम सम्पन्न भएको सेवा केन्द्र प्रमुख केपी लईटेलले जानकारी गराए ।
सहारा नेपाल साकोस लि. सेवा केन्द्र इलाम, वित्तिय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम २०७९ पौष १९ सहभागि सदस्य प्रतिबद्धता पत्र
१.हाम्रो समूह गुणस्तर बनाउन आवश्यक सुचकहरु पूरा गर्दे जानेछौ र संस्थाको आबद्धतामा आफूलाई गर्व महशुस हुने कार्य गर्नेछौ ।
२.संस्थाका कार्यक्रमहरुले हामीलाई वित्तिय पहुच पु¥याई आर्थिक कारोवारमा अगाडि बडाउन खेलेको भूमिकाप्रति सदैव सकारात्मक रहि अनावश्यक टिका टिप्पणी एवम् हल्लाका पछि लाग्ने छैनौ ।
३.समूहमा सदस्य विस्तार गर्दे नियमित सदस्य वृद्धिका लागि सकारात्मक भूमिका निर्वाह गर्नेछौ ।
४.सदस्य स्वयं आफ्नो क्षमताहेरी कर्जा लिने तथा सिफारिस गर्नेछौ ।संस्थाबाट आफूले लिएको कर्जा नियमानुसार तिर्नेकुराप्रति अनावश्यक झैझमेला हुन दिने छैनौ यसलाई आफ्नो स्वधर्म ठानी परिपालना गर्नेछौ ।
५.संस्था रहे हामी सदस्य पनि रहने र संस्थाले ल्याउने सेवा सुविधा उपभोग गर्न हामीले नै प्राप्त गर्ने भएकाले स्तरोन्नतीका लागि सदा लागिपर्नेछौ ।
६.प्रत्येक समूह वैठकमा आफ्नो उपस्थिीती महत्वपूर्ण हो भन्ने ठानी न्युनतम १० मिनेट भलाकुसारी गर्नका लागि अनिवार्य उपस्थित हुनेछौ ।
७.उद्यमि सदस्य बनि आफ्नो व्यवसाय विस्तार गर्न र पहिचान बनाउन लागि पर्ने र कर्जाको सदुपयोग गर्नेछौ धेरै संस्थाको आबद्धताले पार्नसक्ने विविध कठिनाईप्रति सजग रहदै आफ्नो आवश्यकता पूरा गर्ने एक उपयुक्त संस्था छनौट गर्नेछौ ।
८.समूह पदाधिकारी भई आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सदैव उत्तरदायी रहनेछौ ।संस्थाले ल्याएका वस्तु तथा सेवाहरुको अधिकतम लाभ लिन सदा लागिपर्नेछौ ।
९.संस्थाका नितिनियम बारे बुझ्न लागिपर्नेछौ कुरा नै नबुझि अर्काको भनाइलाई मात्र आधार बनाउनु भन्दा तथ्य बुझेर बास्तविकता बुझ्नतर्फ लाग्नेछौ ।
१०.संस्थाका हामी शेयर सदस्य भएको हुदा यो संस्थाको पहिचान को उचाइमा आफूलाई गौरव गर्दे थप उचाइमा पुग्न आवश्यक राय सल्लाह र सुझाव प्रदान गर्नेछौ ।



0 comments:
Post a Comment