इलाम, २३ पुसः जिल्ला क्रीकेट सङ्घ इलामको आयोजना र युथ अफ खुदुनाबारीको समन्वयमा झापा खुदुनाबारीको प्रस्ताबित कैदले रङगशालामा आयोजित झापा र इलाम टिमबिचको एकदिवसिय ३ खेलको सिरीज १÷१ को बराबारी भएको छ । पहिले खेल इलामले जीतेको थियो भने दोस्रो खेल झापाले जीतेको छ अव दुवै टीमलाई सिरीज आफ्नो नाम गराउनको लागि आइतबार हुने खेल जीतन जरुरी देखिन्छ ।
शनिबार भएको खेलमा युनाइटेड क्रीकेट एकाडेमि बिजयी भएको हो । ३ वटा एक दिवसिय खेल अन्तर्गत शनिबार भएको दोस्रो एकदिवसिय खेलमा टस जिति ब्याटिङ रोजेको रोङ गाउँपालिकाको टिमले कप्तान हेमन राइको सर्बाधिक २९ रनको मदत्तले १५० रन बटुलेको थियो । बलिङमा युनाइटेड एकाडेमिका सुमित नेउपानेले ६ ओबर बलिङ गर्दै २५ रन दिएर ४ विकेट लिएका थिए ।
१५१ रनको बिजयी लक्ष लिइ मैदानमा उत्रीएको युनाइटेड क्रीकेट एकाडेमि नितेश पौडेलको सानदार अर्धशतकको मदत्तले सहज जित तर्फ लम्किएको थियो । उनलाइ साथ दिन र युनाइटेड क्रीकेट एकाडेमिको जित सुनिस्चित गर्न मध्यक्रमा ब्याटिङमा आएका सुमित नेउपाने ३७ रन जोड्दै म्यान अफ दि म्याच चुनिदा उनलाइ झापा जिल्ला क्रीकेट सङ्घ सदस्य हितेन्द्रमान श्रेष्ठले आकर्शक ट्रफि प्रदान गर्नु भयो।
यता इलामका बलर प्रज्वल खत्रीले सर्बाधिक ३ विकेट लिए । आइतबारको खेलमा प्रादेशिक क्रीकेट सङ्घ प्रदेश न १ का सदस्य नारद नेपाल उपस्थित भएका थिए । नेपाललाई इलाम जिल्ला क्रीकेट सङ्घका अध्यक्ष अर्जुन पौडेलले मायाको चिनो प्रदान गर्नुभएको थियो । आइतबार हुने अन्तिम एकदिवसिय खेल ठिक १० बजेबाट सुरु हुने सन्जय लामाले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment