इलाम, २३ पुसः इलाम नगरपालिका विव्ल्याँटे बजारमा निवासी राजन दाहालले माईभगवती वृद्धाआश्रमका वृद्धवृद्धालाई न्यानो जुत्ता दिएका छन् । उनले इलाम नगरपालिका १० गोदकमा रहेको माईभगवती वृद्धाआश्रमका वृद्धवृद्धालाई न्यानो जुत्ता दिएका हुन ।
उनले आमा र दाजु अम्बिका दाहालको हातबाट सो सामाग्री वितरण गरेका हुन । दाहाल स–परिवार आँफै उपस्थित भएर सो सामाग्री वितरण गरेका हुन ।
अहिले आश्रममा ९ जना वृद्धा र ६ वृद्ध जना आश्रित रहेका छन् । साथै त्याहा काम गर्न तथा वृद्ध वृद्धाको सिहार सुसार गर्नको लागि एक परिवार वस्ने गरेको छ उनिहरुलाई पनि दाहालले जुत्ता दिएका छन् । उनले माइपोखरी न्युज सँग कुरा गर्दै मैले यो सामाग्रि आत्मा सन्तुष्टीको लागि दिएको हो सहयोग गर्न पाउँदा खुसी लाग्छ ।
0 comments:
Post a Comment