इलाम, २ माघः जिल्ला क्रीकेट सङ्घ इलामको आयोजना , बोस्टन क्रीकेट एकाडेमिको ब्यबस्थापन र युथ अफ खुदुनाबारिको समन्वयमा अर्जुनधारा नगरपालिका वार्ड न ३ स्थित प्रस्तावित कैदले रङगशालामा आइतबार देखि सुरु भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रीकेट शृङ्खला अन्तर्गत आइतबार भएको पहिलो खेलमा इलाम रोङ टिमले सिक्किम टिमलाइ ८६ रनले पराजित गर्दै सिरिजको फाइनलमा स्थान बनाएको छ ।
प्राबिधिक कारणले १७ ओभरमा छोट्याइएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको रोङ टिमका समीर कार्किले ४१, प्रज्वल खत्रीले २९ र अर्जुन पौडेलले १६रन बनाउदा टिमले १५३ रनको स्कोर खडा गर्यो । १५४ रनको लक्ष लिएर ब्याटिङ्मा आएको सिक्किम टिमलाइ सस्तैमा समेट्न समीर कार्कि र अर्जुन पौडेलले समान ३(३ विकेट लिए ।
सिक्किम टिमका रितेश गुरुङ्ग २४ र अनिरोध राइले २२ रन बनाएपनि टिम ६७ रनको झिनो स्कोरमा समेटिन पुग्यो ।
आइतबार नै भएको अर्को खेलमा सिक्किम टिमले बोस्टन एकाडेमिलाइ ६० रनले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो । दोस्रो खेलमा टस जिति पहिला ब्याटिङ रोजेको सिक्किम टिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन जोडेको थियो । बोस्टन टिमका बलर अभ्यास तिम्सिना र कमल खत्रीले समान २(२ विकेट लिएका थिए ।
सिक्किम टिमका करन सिंह ७१ र अनिरोध राइको २५ रनको मदतले उसले १६१ रनको स्कोर खडा गर्यो । बोस्टन टिमलाइ सस्तैमा समेट्न सिक्किमका बलर दिनेश रजक र किनारा राइले समान ३(३ विकेट लिए।
बोस्टन टिमका दिपु भुजेलले २९ र अर्बिन पौडेलले २१ रन जोडेपनि जितका लागि पर्याप्त भएन । मङलबार रोङ टिम र सिक्किम टिमबिच त्रिकोणात्मक टी–ट्वान्टी खेलको फाइनल खेल हुने भएको छ ।
सोभबार बोस्टन टिम र इलाम टिमका खेलाडिहरु सम्मिलित बोस्टन ( इलाम कम्बो टिमले सिक्किम टिमसङ्ग एक दिवसिय खेल खेल्नेछ ।
बोस्टन् : इलाम कम्बो टिमका खेलाडिहरुको नामावली:
१. हेमन राइ २. नितेश पौडेल ३. अर्बिन पौडेल ४. प्रज्वल खत्री ५. दिपेन्द्र मगर ६. सुरज खड्का ७. सिवान्स बजगाइ ८. दिपु भुजेल ९. अभि योङ्हाङ लिम्बु १०. रुशल रिमाल ११. एलिश मण्डल १२. सुयोग भट्टराइ
टिम कोचस् जिवेश ओलि टिम म्यानेजर स् बिमल चौधरी
0 comments:
Post a Comment