इलाम, १५ माघः जिल्ला प्रहरी कार्यालय इलामका महातत्मा रहेकाका विभिन्न प्रहरी चौकीद्वारा चोरीका मोटर सार्ईकल सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले इलाम देउमाइ नगरपालिकाको नवमिबजार प्रहरी चौकी जितपुरबाट प्रहरी सहयाक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलिले प्रदेश न. १–०१–०१५ प ९६८२ नम्बरको मोसालाइ शंका लागि चेकजाँच गर्दा उक्त मोटर साईकलको कागजपत्र नभएकोले चालक जिल्ला इलाम देउमाइ नगरपालिका १ चमैता बस्ने वर्ष २० को छिरिङ तामाङलाई नियन्त्रणमा लिई निजलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई अनुसन्धान भईरहेको छ ।
सो मोटरसाईकल माघ ८ गते हराएको भनि सम्बन्धीत मोटरसाईकल धनीले प्रहरी चौकी दानाबारीमा निबेदन दिएको थिए ।
त्यस्तै माघ १२ गते इलाम फाकफोकथुम गाउँपलिका ५ देउरालीमा रहेको प्रहरी चौकी एकतप्पाबाट प्रहरी सहयाक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलिले चेकिङको क्रममा को ६ प ७७७४ नम्बरको मोटरसाईकल चोरी गरी लैजादै गरेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला ताप्लेजुङ मिकुवाखोला गाउँपालिका ४ बस्ने वर्ष २४ को अपिल लिम्बुर सोही स्थान बस्ने वर्ष २३ को बुद्दबिर लिम्बु रेहका छन ।
सो मटरसाईकल माघ १०।१० गते हराएको भनि सम्बन्धीत मोटरसाईकल धनीले इलाका प्रहरी कार्यालय मङगबारे इलाममा निबेदन दिएको थियो ।
त्यस्तै गरी माघ १३गते माइ नगरपालिका २ कबैधाप प्रहरी चौकी दानाबारीबाट प्रहरी नायव निरक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलिले विर्तामोड,झापाबाट चोरी गरी इलाम तर्फ ल्याउदै गरेको को २३ प ८१२३ नम्बरको २२० सीसीको कालो निलो पल्सर मोटर साईकल र मे ११ प ४३९१ नम्बरको १५०सीसीको पल्सर मोटरसाईकल सहित मोटरसाईकल चोरीमा संलग्न जिल्ला धनकुटा सागुरिगढी गाउँपालिका ५ घर भइ हाल जिल्ला झापा कन्काइ नगरपालिका २ बस्ने वर्ष १५ शुसिल राइ समेतलाइ नियन्त्रणमा लिइ आवश्यक कारबाहिको लागि इलाका प्रहरी कार्यालय अनारमनि झापामा पठाइएको जिल्ला प्रहरी कार्यालय इलाममा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी गराए ।
0 comments:
Post a Comment