इलाम २५ पुसः इलाम नगरपालिका नगर खेलकुद समितिले आयोजना गरेको फुटबल प्रतियोगितको साेमबार भएको उद्घाटन खेलमा वडा नम्बर १२ साङ्गरुम्बा विजयी भएको छ ।
खेलको दोस्रो हाफको अत्यमा साङ्गरुम्बाका दिनेश लिम्वुले गोल गर्दै आफ्नो टीमलाई विजयी गराएका हुन । आजको खेलको मेन अफ दि म्याच पनि दिनेश लिम्वु नै भए ।
नगर खेलकुद समितिले आयोजना गरेको प्रतियोगिताबाट खेलाडीहरुको प्रर्र्दशनको आधारमा इलाम जिल्लाको लागि एउटा टीम छनौट गरिने छ । त्यस्तै माइभ्याली फुटबल प्रतियोगिताको लागि आयोजकको टीमको लागि पनि यसै प्रतियोगितालाई आधार बनाएर खेलाडी छनौट गर्ने जनाइएको छ । प्रतियोगितामा आफ्ना वडा वहेक जिल्ला भित्रका ४ जना खेलाडी प्रत्येक टीमले समावेस गराउन पाउने पनि आयोजकले जनाएको छ । मंंगलबार वडा नम्बर ७ र वडा नम्बर ११ को खेल दिउँसो २ वजेबाट ठूलो टुँडिखेलमा शुरु हुने छ ।
0 comments:
Post a Comment