इलामकाे पशुपतिनगरमा पटके कर संकलन केन्द्र नहुँदा प्रदेशको लाखौँ राजश्व गुम्दै


इलाम । दैनिक १ सय बढी भारतीय सवारीसाधन नेपाल प्रवेश गर्ने इलामको पशुपतिनगर नामा पटके कर संकलन नहुँदा मासिक २० लाख बढी राजश्व गुमेको छ । सडक प्रयोग गरेबापत लिइने पटके कर संकलन गर्ने यातायात कार्यालय नहुँदा मासिक लाखौँ राजश्व गुमिरहेको हो ।

पूर्वी पहाडको नाका पशुपतिनगरमा अहिले नेपाल प्रवेश पर्ने भारतीय सवारीसाधनको चाप बढ्दो छ । सवारीसाधन लिएर नेपाल प्रवेश गर्ने पर्यटक र भातरीय नागरिकहरुले भन्सार शुल्कबाट राजश्व संकलन भइरहँदा नेपाल सरकारले पाउने पटके सवारी कर भने गुमिरहेको छ ।

यातायात व्यवस्था कार्यालयबाट संकलन हुने पटके सवारी कर संकलनको काम पशुपतिनगरमा नहुँदा राजश्व गुम्नुका साथै भारतीय सवारीले सडकमा सास्ति भोग्नु परेको सूर्योदय नगर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए ।
पटके सवारी कर संकलन यातायात व्यवस्था कार्यालयबाट हुँदै आएको छ । यातायात व्यवस्था कार्यालय इलाम बजार र झापाको विर्तामोडमा मात्रै रहेकाले राजश्व संकलनमा समस्या भएको हो । १ सय बढी भारतीय सवारीसाधन दैनिक भन्सार काटेर पशुपनिगरबाट नेपाल प्रवेश गर्दै आएका छन् । पशुपतिनगर नाका भएर पुष महिनामा मात्रै ४ हजार ३ सय ४० भारतीय सवारीसाधनले भन्सार काटेर नेपाल प्रवेश गरेका हुन् ।

भन्सार नाका भएर नेपाल प्रवेश गर्ने सवारीसाधनका लागि पटके कर संकलन गर्न सूर्योदय नगर उद्योग बाणिज्य संघले माग गरेको छ । यातायात कार्यालय स्थापना भए भारतीय सवारीसाधनले सुविधा पाउनुका साथै राजश्व पनि संकलन हुनेछ । उद्योगी व्यवसायीको मागलाई ध्यान दिँदै आफ्नो सेवा विस्तारको योजना बनाएको यातायात व्यवस्था कार्यालय इलामका प्रमुख छविलाल खतिवडाले बताए ।
राजमार्ग प्रयोग बापत हलुका सवारीसाधनको ५ सय १० र मोटरसाइकलको २ सय ७० रुपैयाँ कटके कर लिने व्यवस्था छ । एक पटक पटके कर तिरेमा सात दिनसम्म राजमार्ग गाडि गुडाउन पाइन्छ ।
लाेकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment