बुधबार, माघ ११ २०७९
इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको यो वर्षको प्रतियोगिता आयोजना सूचीमा रहेको इलामको माईभ्याली गोल्डकप नहुने भएको छ। पूर्वी पहाडको प्रतिष्ठित गोल्डकपको सातौँ संस्करण २०७९ सालमा आयोजना नगर्ने आयोजक संस्था माईभ्याली फुटबल क्लबले जनाएको छ। क्लबका अध्यक्ष दिनेश काफ्लेले प्रतियोगिता यस वर्ष आयोजना नहुने बताए।
‘एन्फाले दिएको मितिमा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल र अन्य गोल्डकप चल्ने भएकाले राष्ट्रिय खेलाडी उपलब्ध नहुने भएका कारण हामीले यो वर्ष माई भ्याली गोल्डकप गर्दैनौँ।’ काफ्लेले भने, ‘एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसँग समेत छलफल गर्दा उहाँले साख नगुमाउनुस्, बरु प्रतियोगिता अर्को साल भव्य रूपमा गर्नुस् भन्ने सल्लाह बमोजिम हामी अघि बढेका छौ।’ २०८० को मध्यतिर प्रतियोगिता गर्ने तयारीमा रहेको उनले बताए।
कोभिड संक्रमण सुरु भएपछि २०७६ यता माई भ्याली गोल्डकप सञ्चालन हुन सकेको छैन्। यो गोल्डकप नेपालमा बढी दर्शक बटुल्ने प्रतियोगितामध्येमा पर्छ । आयोजकले टिकटबाट एकै दिनमा १६ लाख रुपैयाँसम्म उठाउने गरेको थियो। एन्फाले माईभ्याली सहितको प्रतियोगिताको सार्वजनिक गरेको तालिका अनुसार सलार्हीको राजर्षि जनक गोल्डकप र महोत्तरीको मेयर कप फुटबल माघ २६ देखि फाल्गुन ६ गतेसम्म हुनेछ ।
मकवानपुर गोल्डकप माघ २९ देखि फाल्गुन ९ गतेसम्म हुनेछ । झापामा भद्रपुर गोल्डकप र रुपन्देहीको तिलोत्तमा गोल्डकप फाल्गुन ७ देखि १६ गतेसम्म हुनेछ । फाल्गुन ११ देखि १७ गतेसम्म काठमाण्डौमा केपि ओली गोल्डकप, सुनसरीमा फाल्गुन १३ देखि २० गतेसम्म बुढासुब्बा गोल्डकपको मिति तय भएको छ ।
सुनसरीको इटहरी गोल्डकप र माईभ्याली गोल्डकपका लागि एन्फाले चैत्र ४ देखि ११ गतेको मिति दिएको छ । मोरङको विराट गोल्डकप र सिमरा गोल्डकप चैत्र ९ देखि १८ गतेसम्म आयोजना हुने एन्फा महासचिव किरण राईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
एन्फाले शहिद स्मारक लिगको मिति परिवर्तन गरेको कारणमा मोफसलको गोल्डकप प्रतियोगिता प्रभावित बनेको हो । एन्फाले पुष २६ गतेबाट हुने ए डिभिजन लिगको मिति फाल्गुन १९ गते सारेपछि मोफसलका २ दर्जन बढि फुटबल प्रतियोगिता प्रभावित भएका छन् । लिगकै बिचमा नेपालले अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा समेत सहभागिता जनाउनेछ ।

लाेकल सन्देशबाट
0 comments:
Post a Comment