हात्तीको आक्रमणबाट झापाको शिवसताक्षीमा एक वृद्धाको मृत्यु

 १७ पुष २०७९, आईतवार 

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
हात्तीको आक्रमणबाट ६१ वर्षीया कृष्णमाया भण्डरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चार वटाको संख्यामा आएको जंगली हात्तीको समूह शिवसताक्षी ११ स्थित बस्ती पसेको थियो ।
हात्तीको आक्रमणबाट ७१ वर्षीय शान्तिराम भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको दमकमा उपचार भइरहेको छ । आइतबार बिहान साढे २ बजेतिर बस्ती पसेको हात्तीले भण्डारी दम्पतीको घर भत्काएका थियो ।
सुतिरहेका भण्डारी दम्पतीलाई हात्तीले घर भत्काएर आक्रमण गर्दा कृष्णमाया गम्भीर घाइते भएकी थिइन । उनको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment