१७ पुष २०७९, आईतवार
पथरीशनिश्चरे-१ नं वडा कार्यालयले विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गरेको छ। गत पुस १३ गते १ नं वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकले पथरी बजारका विभिन्न सडकमा अतिक्रमण गरी जथाभावी व्यापार व्यवसाय तथा सवारी पार्किङ व्यवस्थित गर्नलाई हटाउने निर्णय गरेको हो।
अटो र सफारीहरुले तोकिएको स्थानमा पार्किङ गर्नु पर्ने भन्दै पथरी बजार भित्रका यलम्बर सुनाखरी, अन्न पूर्ण चौक, शिखर चौक, मन्दिर लाईन र हाइवे तर्फ बस स्टाण्ड भन्दा ५० मिटर पर पार्किङ गर्न सुचित गरिएको छ ।
त्यस्तै,.हाइवे सडक दायाँ बायाँ ७५ कायम गरी सो भन्दा बाहिरको क्षेत्रमा मात्र व्यवसाय सञ्चालन गर्न दिईने भएको छ । जथाभावी छोडिएका घर पालुवा भैसी, बाखा, गाई, आदि पशु चौपाया छाडा छोडेमा कारवाही तथा जरिवाना गरिने जनाइएको छ।
उक्त बैठकले अगाडि भनेको छ-‘”अनाधिकृत रुपमा निर्माण समाग्रीहरु वा खाली ठाउबाट तुरुन्तै खाली गर्ने यदि अटेर गरि नहटाएमा सामान जफत वा जरिवाना गर्ने , व्यस्त बजारको सडक छेउमा राखिएको खुद्रा पसल ३ दिन भित्र हटाउने यदि अटेर गरे सामान जफत तथा जरिवाना समेत गर्ने”,पूर्व पश्चिम बस स्टाण्ड स्थानान्तरण गर्ने तथा म्याजिक अटो सफारी जांते मोडमा पार्किङ गर्ने ,.कवाडी मालसामानहरु वडा नं १ बाट हटाउने यदि अटेर गरि नहटाए कारवाही गरि जरिवाना गर्ने।”
पथरीशनिश्चरे- १ का जनप्रतिनिधि, इलाका प्रहरी कार्यालाय प्रतिनिधि ट्राफिक प्रहरि प्रतिनिधि, उद्योग वाणिज्य सघंका प्रतिनिधि, वजार व्यवस्थापन समितिका प्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु र सरोकारवाला व्यक्तिहरुको सर्वदलीय बैठकले त्यस्तो निर्णय पारित गरेको थियो। सोहि बैठकमा ३५ दिने सूचना समेत जारी गर्दै गत पुस १३ देखि नै लागु हुने गरी ३ दिन (पुस २० गते) भित्र निर्णय कार्यान्वयन गर्नु गराउन समेत अनुरोध गरिएको छ।

0 comments:
Post a Comment