माई । सामाजिक तथा राजनैतिक क्षेत्रमा कृयाशिल रहदै आएका इलाम माई नगरपालिका–४ डाँडागाँउका चन्द्र बहादुर बेघा लिम्बू “हवल्दार बा” लाई आफ्नो क्यान्सर रोग भन्दा देशको चिन्ता छ । रोगसंग लड्दै ओच्छयानमा थलिएका बेघा उनलाई हेर्न आउने आफन्त र छरछिमेकसंग रोगको भन्दा बढी देशको चिन्ता गर्ने गरेका छन ।
क्यान्सर लगायतका अनेकौ रोग सँग लड्दै गरेका ८३ बर्षिय बेघाले बर्तमान समयमा देशलाई किटाणु लागेको भन्दै चिन्ता व्यक्त गरे । मंगोल नेशनल अर्गनाईजेशनमा आबद्ध रहेका बेघा स्थानीय तह निर्बाचन २०७४ मा वडाध्यक्षको रुपमा चुनावमा होमिएका थिए । पाँचथरको च्याङथापुमा बि.स. १९९७ सालमा जन्मिएका उनी २०२८ सालमा प्रहरी सेवामा प्रबेश गरे ।
बेघालाई त्यसको ३ बर्षपछी सरकारले बन बिभाग र प्रहरी मध्ये एक रोज्ने अवसर दिएपछि ३८ बर्ष वन विभागमा कार्यरत रहे । आफुले सेवा गरेको क्षेत्र सम्झदै उनी पश्चिम चितवन, सिराहा, उदयपुर, मोरङ, धरान, झापा, सप्तरी, इलाम लगायत क्षेत्रमा पुगे ।
पुरानो अतित खोतल्दै उनी सबै भन्दा मिल्ने साथी मिनराज बिश्कर्मासंग पेन्सन लिन जाँदा विर्तामोडमा भेट भएकोमा पुराना दिन झै माया ममता र सद्भाव भएको तर बर्तमान समयमा युवाहरु प्रति बिश्वास, इमान्दारीता, माया, ममता सद्भाव हराउदै गएको गुनासो गर्छन् ।
बिगत ३ बर्ष देखी रोगबाट थलिएका “हवल्दार बा” को घाँटीमा क्यान्सर रहेको बि एण्ड सी अस्पतालले जनाएको छ । उनी तीन महिना देखी केही खान नसक्ने अवस्थामा रहेको, श्रीमती नरमाया बताउँछिन् । । बेघा परिवार आर्थिक अबस्था कमजोर भएकै कारण थप उपचारमा जान सकेका छैनन । बेघाका २ श्रीमती, ७ छोरी, ३ छोरा, २८ नातीनातिना रहेका छन ।

0 comments:
Post a Comment