झापाको अर्जुनधारामा आगलागीबाट २३ लाख ९० हजार बढीको धनमाल नष्ट

 २२ माघ २०७९, आईतवार 

अर्जुनधारा, आइतबार विहान विद्युत सर्ट भई आगलागी हुँदा झापाको अर्जुनधारा–७स्थित इन्द्रबहादुर लिम्बूको काठको दुई तले घर पूर्णरुपमा जलेको छ ।
शनिश्चरे प्रहरी चौकीको कार्यालयले दिएको जानकारी अनुसार आगलागी विहान ५ः३० बजेदेखि सुरु भएको थियो । 
आगलागीबाट प्रारम्भिकरुपमा २३ लाख ९० हजार रुपैयाँ बढीको धनमालको क्षती भएको कार्यालयले जनाएको छ । आगलागीबाट १० लाख बराबरको घर, चार लाख ७२ हजार रुपैयाँ नगद, डेढ तोलाको सुनको औंठी, डेढ तोलाको सुनको सिक्री, दुई लाख बराबरको लत्ताकपडा, चार लाख रुपैयाँ बराबरको अन्य सामग्री जलेको बताइएको छ ।


आगलागी भएको अनुमानित दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगो निभाउन बिर्तामोड नगरपालिकाको बारुण यन्त्र र पानी ट्याङ्कर, मेचीनगर नगरपालिकाको बारुण यन्त्र, सशस्त्र प्रशरी बल वेस क्याम्प शनिश्चरे, शनिश्चरे प्रहरी चौकी र स्थानीय परिचालन भएका थिए ।
सोही आगलागीका कारण छिमेकी मुना बाँस्कोटाको घरमा पनि क्षती पुगेको उनले बताइन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment